सहकारीको रकम अपचलनमा मुछिएका धनराज गुरुङसँग सीआइबीले लियो बयान

पुस २३, २०८१ |रमेश धमला
सहकारीको रकम अपचलनमा मुछिएका धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीले मितेरी सहकारीको रकम अपचलनको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङसँग दोस्रो चरणको कागजी बयान लिएको छ । 

सिआइबीले मंगलबार अपराहन्न करिब साढे १२ बजे गुरुङलाई बोलाएर थप कागजी बयान लिएको हो । गुरुङले २०७४ साल यता विभिन्न तिन वटा बैंकमा गरेको कारोबारको विवरण अनुसार सोधपुछ गरेको जनाइएको छ । तर उनको बैंक विवरणमा सहकारीको रकम खुल्ने तथ्य नभेटिएको स्रोतको दाबी छ । उनको खातामा संसद हुँदा आएको तलब भत्ता र केही रकम मात्रै देखिएको हो । 

यस अघि लिइएको बयान पछि प्रहरीले बैंकबाट गुरुङको आर्थिक कारोबार खोजी गरिरहेको छ । मितेरी सहकारीका संचालक समितिकै सदस्यले गुरुङ र उनकी पूर्वश्रीमती ज्योति गुरुङले १४ करोड हिनामिना गरेको भन्दै उजुरी दिएका छन् । त्यसैका आधारमा सीआइबीले अनुसन्धान गरिरहेको छ ।

मितेरी सहकारीको रकम अपचलनमा गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भइसकेको छ । 

सम्बन्धित समाचार :

सहकारी ठगीमा धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस

सहकारी ठगीमा धनराज गुरुङमाथि अनुसन्धान हुन्छ कि हुँदैन ?

कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेलमाथि सहकारी ठगीमा किन भएन छानबिन ?

सहकारी ठगी सम्बन्धमा धनराज गुरुङसँग सीआईबीले लियो कागजी बयान


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement