चिसो बढेपछि पश्चिम नवलपरासीमा विद्यालय बन्द

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिसो बढेपछि पश्चिम नवलपरासीमा विद्यालय बन्द

काठमाडौं । शितलहर र हुस्सुको कारण चिसो बढेपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

तीन चारदिन देखि हुस्सु र शितलहरले जनजीवन प्रभावित बनेको र बालबालिका बढी प्रभावित हुने भएकाले पौष २४, २५ र २६ गते तीन दिन विद्यालय बन्द गरिएको नगर प्रमुख शम्भु लाल श्रेष्ठले बताउनुभयो ।

नगरले तय गरेको शैक्षिक क्यालेन्डरमा परिस्थितिजन्य बिदा दिन मिल्ने ब्यवस्था अन्तर्गत बिदा गरिएको नगरले जनाएको छ । बर्दघाट नगरपालिकामा सामुदायिक र सस्थागत गरेर ३७ वटा विद्याल रहेका छ्न् । नगरपालिकाले चिसोबाट बच्न र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement