सूर्यदर्शन सहकारी प्रकरण : जाहरेवाला तर्फका कानुन व्यवसायीको बहस जारी

पुस २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी प्रकरण : जाहरेवाला तर्फका कानुन व्यवसायीको बहस जारी

पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दाका प्रतिवादीका तर्फबाट कानुन व्यवसायीहरूको थुनछेक बहस सकिएको छ । 

अहिले जाहरेवालाका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् । अब सरकारी वकिलका तर्फबाट जवाफी बहस बाँकी छ ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस १६ देखि थुनछेक बहस सुरु भएको हो । थुनछेक बहसपछि प्रतिवादीहरुलाई थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। रवि लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement