मोरङ । मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला आज जिल्ला अदालतमा उपस्थित हुनुभएको छ ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार रहनु भएको थियो ।
कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित हुनुभएको हो । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा कोइरालाको बयान हुने गरी पेसी तोकिएको छ। अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ।