झापा । बालिकामाथि जबरजस्ती करणीका आरोपीत विर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुबकुमार सिवाकोटीलाई जिल्ला अदातल झापाले पुर्पक्षको लागि थुनामा पठाएको छ ।
आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
पूर्वनगरप्रमुख सिवाकोटी मंसीर २४ गते पक्राउ परेदेखि नै प्रहरीको निगरानीमा विर्तामोडस्थित विएण्डसी शिक्षण अस्पतालमा उपचाररत थिए ।