सूचिना हत्या प्रकरणको प्रारम्भिक निष्कर्ष : बलात्कारको प्रतिकार गर्दा हत्या

मंसिर २५, २०८१ |भीमलाल श्रेष्ठ
सूचिना हत्या प्रकरणको प्रारम्भिक निष्कर्ष : बलात्कारको प्रतिकार गर्दा हत्या

गोरखा । गोरखा बारपाककी १८ वर्षीया सूचिना घलेको हत्या आरोपमा नियन्त्रणमा लिइएका एक जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

हत्या आरोपमा पक्राउ परेका बारपाक सुलिकोट गाउँपालिका १ का ४३ वर्षीय मनसम्जेर गुरुङलाई प्रहरीले सार्वजनिक गरेको हो । घाँस काटिरहेकी सूचिनालाई एक्लै देखेर बलात्कार प्रयास गर्दा प्रतिकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मंसिर १५ गते घाँस काट्न गएकी बारपाक सुलिकोट गाउँपालिका १ की सूचिना घर नफर्किएपछि खोजी गर्दा ३ दिनपछि जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement