भूटानी राजाद्वारा स्वयम्भू र बौद्धनाथको दर्शन

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
भूटानी राजाद्वारा स्वयम्भू र बौद्धनाथको दर्शन

काठमाडौं । भूटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नु भएको छ । आज बिहान नेपाल आइपुग्नु भएका भूटानी राजा वाङचुकले पूजा अर्चना सहित विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको दर्शन गर्नु भएको हो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भूटानी राजालाई स्वागत गर्नु भएको थियो । करिब आधा घण्टा त्यहाँ रहनु भएका भूटानी राजाले स्वयम्भूबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन समेत गर्नु भएको थियो । स्वयम्भूबाट उहाँ बौद्धनाथ पुग्नु भएको थियो ।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आउनु भएका भूटानी राजा वाङचुक आजै स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement