सूर्यदर्शन सहकारीका पीडितहरुद्वारा विशेष साधारण सभाको तयारी

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारीका पीडितहरुद्वारा विशेष साधारण सभाको तयारी

कास्की । पोखराको सूर्यदर्शन सहकारी पीडितहरुले विशेष साधारण सभाको तयारी थालेका छन् ।

सहकारीको करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेर गितेन्द्रबाबु (जीबी) राईसहित सञ्चालक समितिका पदाधिकारी फरार भएपछि पीडितहरुले विशेष साधारण सभाको तयारी गरेका हुन् । 

विशेष साधारण सभाले नयाँ सञ्चालक समिति गठन गर्नेछ । नयाँ समितिले लगानी उठाएर आफै वितरण गर्ने नभई लगानी फिर्ताका लागि पहल गर्ने बताइएको छ ।

बचतकर्ता पीडितहरुले कार्तिक अन्तिम सातादेखि पोखराको नालामुख चोकमा रहेको सहकारी कार्यालय खोल्ने र पीडितको गुनासो संकलन गर्ने काम गरिरहेका छन् । यही मंसिर १८ मंसिरमा पोखरामा विशेष साधारणसभा डाकिएको संघर्ष समिति संयोजक किरण श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मंसिर ८ गते साधारणसभा तयारी गरे पनि कोरम नपुगेर स्थगित गरिएको थियो ।

साढे ११ सय सदस्य उपस्थित हुनुपर्नेमा त्यतिखेर ९ सय जनाको मात्रै हस्ताक्षर संकलन भएको थियो । अहिले पनि ८ सय सदस्यको उपस्थिति आवश्यक पर्ने बताइएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा अहिलेसम्म ६० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ९ जना मात्र पक्राउ परेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement