गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले चन्दा माग्दै आफूलाई धम्क्याएको मधेशका गृहमन्त्री राजकुमार लेखीको दाबी

धम्की दिनेलाई कारबाही गर्ने प्रतिबद्धता
मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले चन्दा माग्दै आफूलाई धम्क्याएको मधेशका गृहमन्त्री राजकुमार लेखीको दाबी

जनकुपरधाम। मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले चन्दा माग्दै आफूलाई धम्कीपूर्ण फोन आउने गरेको बताउनुभएको छ ।

मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री लेखीले जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाले चन्दा माग्दै आफू र मधेश प्रदेशका केही मन्त्रीलाई धम्काएको बताउनुभएको हो । आफूलाई पछिल्ला केही महिनादेखि गोइतले पटक पटक फोन गरेर आर्थिक सहयोग मागेको र नदिएपछि धम्काउने गरेको उहाँको भनाइ थियो ।

मधेश सरकारका अरु मन्त्रीहरुलाई समेत धम्कीपूर्ण फोन आउने गरेको उहाँले बताउनुभयो । धम्की दिनेहरुलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । फरक प्रसंगमा मन्त्री लेखीले जनकपुरधामको विवाह पञ्चमी महोत्सवमा १४ सय सुरक्षाकर्मी परिचालन गरिने जानकारी पनि दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement