भारतीय आपराधिक समूह लरेन्स विश्नोइको नाम लिएर धम्क्याएको आरोपमा एक जना पक्राउ

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतीय आपराधिक समूह लरेन्स विश्नोइको नाम लिएर धम्क्याएको आरोपमा एक जना पक्राउ

काठमाडौं । भारतीय आपराधिक समूह लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भारतमा कुख्यात मानिएका विश्नोइको नाम लिएर नेपाली धम्क्याएको आरोपमा प्रहरीले हरिचन्द्र फुयाललाई पक्राउ गरेको हो । फुयालले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायि दुर्गा प्रसाईंको निर्देशनमा व्यवसायीलाई फोन गरेको बयान दिएको सीआईबीले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी रहेको भन्दै गलत भिडियो सार्वजनिक गरेको आरोपमा प्रसाईं प्रहरी हिरासतमा छन् । तर उनै प्रसाईंको नाम लिएर धम्की आएको भन्दै ३ जना व्यवसायीहरुले यसअघि नै सीआईबीमा जाहेरी दिएका छन् ।

साइबर अपराधमा अनुसन्धान भैरहेका प्रसाईंको अन्य समूहसँग पनि सम्बन्ध रहेको हुन सक्ने भएकाले सीआईबीले छुट्टै अनुसन्धान गरिरहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement