काठमाडौं । सर्वोच्च अदालतले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरण सहितका आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरू नित्यानन्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज यस्तो फैसला गरेको हो ।
प्रसाईंका हकमा छोरा निराजन प्रसाईंले गत मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकामा सर्वोच्चले आज उक्त रिट खारेज गर्दै थुनामुक्त गर्न अस्वीकार गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।