विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न दिएको निर्देशन पारित

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न दिएको निर्देशन पारित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा विद्युत लाइन नकाट्ने निर्णय गरेको छ ।

बुधबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न दिएको निर्देशन पारित गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको बैठकमा यसअघि बिजुली जोड्नेमा असहमति जनाएका सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने यो निर्णयमा पनि सहमति जनाएका छैनन् ।

उद्योगीले बक्यौता नतिरेको भन्दै लाइन काट्ने तयारीमा प्राधिकरण थियो । तर नियमन आयोगले हिजै लाइन नकाट्न निर्देशन जारी गरेपछि रोकिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement