काठमाडौं । शेयर बजार परिसूचक-नेप्से लगातार तेस्रो दिन उकालो लागेको छ । नेप्से परिसूचक आज ३९ दशमलव ७-१ अंकले बढेर २७ सय ५६ दशमलब ३६ विन्दुमा पुगेको हो ।
आज ९ अर्ब ३१ करोड रुपैयाँको शेयर किनबेच हुँदा २ सय कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ३८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
आज, फाइनान्सबाहेकका बाँकी उपसमूह बढे । यस्तै, विशालबजार कम्पनीलगायत विभिन्न ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।