बेलिब्रिज बनेपछि बाह्रबिसे-तातोपानी सडक सञ्चालन

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलिब्रिज बनेपछि बाह्रबिसे-तातोपानी सडक सञ्चालन

काठमाडौं । बेलिब्रिज निर्माणपछि बाह्रबिसे-तातोपानी नाका जोड्ने सडक सञ्चालनमा आएको छ । गत असारमा अरनिको राजमार्ग अन्तर्गको बाह्रबिसेको खागदलको ठाडो खोला र भोटेकोशी नदीमा आएको बाढीले बगाएको बेलिब्रिज निर्माणसम्पन्न भएर सञ्चालनमा आएको हो ।

तातोपानी नाकाबाट सामान बोकेर राजधानी हिँडेका कन्टेनर र अन्य यातायातका साधन सहज रूपमा सञ्चालन गराउनका लागि खाकदलमा निर्माण गरिएको ३० मिटर लामो बेलिब्रिज पूर्णरूपमा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनु भयो । बाढीले पुल बगाएपछि अरनिको राजमार्ग अवरुद्ध भएको थियो भने चीनबाट तातोपानी नाका भएर राजधानी हिँडेका कन्टेनर र यात्रुहरूले अन्य वैकल्पिक सडक सञ्जालबाट यात्रा गर्नु परेको थियो ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र बाढी तथा पहिरोका कारण सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल समेत बगाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.