काठमाडौं । रक्षामन्त्री मानवीर राईले अबको तीन महिनाभित्र चीनसँगको सीमा जोड्ने खाँदबारी-किमाथांका सडकको ट्र्याक खुल्ने बताउनुभएको छ ।
रक्षा मन्त्रालयले आज गरेको बैठकमा मन्त्री राईले अर्को तीन महिनामा खाँदबारी-किमाथांका सडकको प्रारम्भिक ट्र्याक खोलेर प्रगति विवरणमा राख्ने गरी काम भैरहेको बताउनुभयो ।
उहाँले नेपाली सेनाले फास्ट ट्र्याक, कोरिडोर निर्माण, विश्वविद्यालय निर्माण, चुरे संरक्षणका साथै विपद्मा राहत र उद्धारका कार्य समेत गरिरहेको बताउनुभयो ।