डडेलधुरा । डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जिप दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट करिब ३० मिटर तल खसेको छ ।
दुर्घटनामा ७ जना घाइते भएका छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ । मृतक दुवै महिला रहेको बताइन्छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।