कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ ।

सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मंसिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।

सडकको प्रवेश विन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गामा सडकको क्षेत्राधिकारमा पर्ने ढुङ्गा फुटाएर पन्छाउन र मालढुङ्गाबाट लस्तीसम्म कालोपत्र गर्न 'प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले आजदेखि आठ दिनसम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.