'एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँगको सम्झौता अवैधानिक'

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
'एनपीएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँगको सम्झौता अवैधानिक'

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौता अवैधानिक भएको सञ्चार क्षेत्रका तीन संस्थाले आरोप लगाएका छन् । मंगलबार नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो यस्तो आरोप लगाएका हुन् ।

'राष्ट्रिय खेलहरु अन्तराष्ट्रियकरण समेत होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । तर यसपल्टको नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघले केहि कानुनी र केही नैतिक तथ्यहरुमा निम्न अवैधानिक र गैर कानुनी अनि गैर व्यवसाहिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको छ,' विज्ञप्तिमा लेखिएको छ, 'जसलाई उजागर गरेर ति अबैधानिक र अनैतिक हुने गल्ति र गैर कानुनी क्रियाकलापहरु तत्काल सच्चाउन र त्यस्ता कानुन बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध समेत गर्दछौं ।'

नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप यी संस्थाले निकालेको विज्ञप्तिमा उल्लेख छ । सम्झौता गर्दा भएका गल्तिहरु तत्काल सच्याउन समेत आग्रह गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.