आजका मुख्य समाचार,
*तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिँदा अध्ययन र भ्रमणका नाममा बाहिरियो ५५ अर्ब / ब्याजदर घटे पनि माग नहुँदा लगानी बढ्नै सकेन / बैंकमै थुप्रियो ८ खर्ब ।
* प्रधानमन्त्रीविरुद्ध दुष्प्रचारको आरोपमा दुर्गा प्रसाईं प्रहरी हिरासतमा / किर्ते र संगठित अपराधमा समेत अनुसन्धान हुने / साइबर अपराधसम्बन्धी कानुन निर्माणमा ढिलाइ ।
* कृषि सामग्री कम्पनीको गोदाममा १ लाख ११ हजार टन रासायनिक मल थुप्रिँदा पनि किसानको हात रित्तै / कोटा प्रणाली बाधक / मल वितरण कार्यविधि पुनरावलोकनको तयारी ।
* भारतको राजधानी नयाँ दिल्ली र आसपासको क्षेत्रमा वायु प्रदूषण भयावह / गुणस्तर सुचकांक एक्यूआई ५ सयभन्दा माथि / कृत्रिम वर्षा गराउनेबारे केन्द्र सरकारलाई पत्राचार ।
* कर्नाटक अन्डर १९ विरुद्धको चौथो एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित / ५ खेलको सिरिज २-२ को बराबरीमा / अन्तिम खेल बिहीबार ।