भाइ मसलाको मूल्य बढेको ग्राहको गुनासो

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
भाइ मसलाको मूल्य बढेको ग्राहको गुनासो

काठमाडौं । गत वर्षभन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको ग्राहकको गुनासो छ । असोज दोश्रो साताको बाढी र पहिरोले पनि भाइमसलाको मूल्य करिब ३० प्रतिशतले बढेको काठमाडौंका व्यापारीहरुले बताए ।

बढी आयात हुने मुलुक पाकिस्तान, भारतमा पनि यसवर्ष बाढीको प्रभाव बढी परेकोले पनि यसपालिको तिहारमा भाइमसलाको भाउ निकै बढेको व्यापारीहरुको भनाइ छ । मूल्य महँगो भएकोले ग्राहकले कम किनमेल गरेको र व्यापार पनि घटेको उनीहरुले बताए ।

बजारमा यस वर्ष प्रतिकेजी काजु २२ सय, बदाम सत्र सय, किसमिस ६ सय, ओखर ५ सय ५० सम्म पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.