काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले 'यो देश किन डुबेको हो भन्ने हेर्न सिंहदरबार बैद्यखाना आएर हेरे हुने बताउनु भएको छ । उहाँले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रहसमेत गर्नुभएको छ ।
बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने बताउनु भयो । उहाँले बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताउनु भयो । मेयर साहले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताउनु भएको हो ।
उहाँले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताउनु भयो । उहाँले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताउनु भयो । उहाँले ०५८/५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताउनु भयो । उहाँले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताउनु भयो ।
उहाँले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताउनु भयो । सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताउनु भयो । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताउनु भयो । उहाँले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने खृष्टिकोण सबैमा बराबरी रहेको बताउनु भयो । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताउनु भयो ।
मेयर साहले सबै सरकारी निकायहरु उकास्नुपर्ने बताउनु भयो ।