अनुमति नै नपाएको थाई एयर एसियाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
अनुमति नै नपाएको थाई एयर एसियाको जहाज त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं । काठमाडौंका लागि उडान अनुमति नै नपाएको थाई एयर एसियाले त्रिभुवन विमानस्थलमा जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले मानवियताको आधारमा अवतरण अनुमति दिएको बताएको छ ।

झन्डै आधा घण्टा आकाशमा होल्ड भएपछि मानवियताका आधारमा अवतरण अनुमती दिइएको हो । सो जहाजका लागि हिजोसम्मको मात्र उडान तथा अवतरण अनुमति रहेको थियो ।

अनुमति नवीकरण नगरी किन आएको भन्ने विषयम सो जहाजका पाइलटसँग सोधपुछ भइरहेको विमानस्थल महाप्रबन्धक जगन्नथ निरौलाले जानकारी दिनुभयो । नागरिक उड्यन प्राधिकरणले प्रचलित कानुन अनुसार कारबाही गरिने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.