धनकुटाका हाट बजारमा तिहारको चहलपहल

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनकुटाका हाट बजारमा तिहारको चहलपहल

धनकुटा । तिहार नजिकिएसँगै धनकुटाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक र पाक्षिक हाट बजारमा तिहारको चहलपहल सुरु भएको छ ।

बजार पहुँचबाट टाढा रहेका गाउँमा साप्ताहिक र पाक्षिक हाट बजारमा तिहारका लागि किनमेल गर्नेको घुँइचो बढ्न थालेको हो । यस्ता हाटबजारमा दैनिक उपभोग्य वस्तुसँगै तिहारमा दाजुभाइ र दिदीबहिनीलाई उपहारको रूपमा दिइने, कपडा, ढाकाटोपी, नरिवल, काजु किसमिस, भाइमसला, रङ, काटाका भाँडा तथा श्रृङ्गारका सामग्रीको किनबेच बढेको छ ।

तिहारमा बिक्री राम्रो हुने देखेर घुमन्ते व्यापारीहरू थोक तथा खुद्रा सामग्री लिएर गाउँसम्म पुग्ने गरेका छन् । सदरमुकाम धनकुटा बजार, हिले, सिंधुवा, काजीमान, आँखीसल्ला, फलामेटार, लावरबोटे, डाँडाबजार, मौनबुधुक र बुधबारेलगायत २५ भन्दा बढी ठाउँमा यस्ता हाट बजार लाग्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.