अपराधको अनुसन्धान बयानमुखीभन्दा परिणाममुखी हुन आवश्यक : प्रधानन्यायाधीश

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपराधको अनुसन्धान बयानमुखीभन्दा परिणाममुखी हुन आवश्यक : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन अपराधको अनुसन्धान बयानमुखीभन्दा प्रमाणमुखी हुन आवश्यक रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयले आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाय’ विषयक एकदिने गोष्ठीमा प्रधानन्यायाधीश राउतले तथ्य र प्रमाणमुखी अनुसन्धान एवं अभियोजनबाट मात्रै फौजदारी न्याय प्रशासन प्रभावकारी हुने बताउनु भएको हो । 

फौजदारी न्याय प्रणालीसँग सम्बन्धित पक्षहरू अनुसन्धान गर्ने संस्था प्रहरी, अभियोजनकर्ता सरकारी वकिल र न्याय निरूपण गर्ने संस्था अदालतबीच निरन्तर संवाद र समन्वय पनि आवश्यक रहेको प्रधानन्यायाधीश राउतको भनाइ छ ।

अनुसन्धानलाई बयानमुखीभन्दा सबुद प्रमाणमुखी बनाउन सके अपराधकर्म तथ्य र प्रमाणबाट स्थापित हुने र दोषीले सजाय पाउने अवस्थाबाट समाजमा दण्डहीनताको संस्कृति अन्त्य हुने आफ्नो विश्वास रहेको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.