विदेशमा आर्जन गरेको सीप र धनलाई नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई प्रधानमन्त्रीको आग्रह

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
विदेशमा आर्जन गरेको सीप र धनलाई नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा आर्जन गरेको सीप र धनलाई एकताबद्ध भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनको आज काठमाडौंमा आयोजित गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणसभामा प्रधानमन्त्री ओलीले नागरिकताका विषयमा गैरआवासीय नेपाली संघले राखेको मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले एनआरएनलाई पहिचान र आवश्यक सुविधा दिन सरकारले कञ्जुस्याँइ नगर्ने पनि बताउनुभयो ।

उहाँले एकताबद्ध भएर अगाडी बढे नेपालको विकास संभव भएको बताउनुभयो । उहाँले गैरआवासीय नेपाली संघको छविलाई कायम गरि संगठनलाई एकताबद्ध राख्न र राजनीतिक रुपमा विभाजित नहुन आग्रह पनि गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.