सरकारले आफूहरुलाई उपेक्षा गरेको होचा पुड्का संघको गुनासो

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सरकारले आफूहरुलाई उपेक्षा गरेको होचा पुड्का संघको गुनासो

काठमाडौं । नेपाल होचा पुड्का संघले सरकारले आफूहरुलाई उपेक्षा गरेको गुनासो गरेको छ ।

१३ औं अन्तर्राष्ट्रिय सचेतना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले सरकारले आफ्ना गुनासा नसुनेको र ध्यानाकर्षण गराउँदा पनि आवाज दबाउने गरेको बताएका हुन् ।

होचा पुड्काहरुले सबैभन्दा बढी सास्ती सरकारी कार्यालयहरुमै बेहोर्नु परेको उनीहरुको भनाइ छ ।

देशभर कति होचा पुड्का छन् भन्ने तथ्यांक पनि सरकारसँग छैन । उनीहरुलाई सहज हुने गरी संरचना निर्माण थालिएको भए पनि सबै स्थानमा प्रयोग सुरु भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.