धादिङमा ४ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
धादिङमा ४ वटा सवारीसाधन एकआपसमा ठोक्किएर दुर्घटना

धादिङ । धादिङको जोगीमारामा चार वटा सवारीसाधन एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको जोगिमाराको हुग्दी खोला नजिक चौकिटारमा काठमाडौंबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रोबसले नेपाली सेनाको ना १ झ १०५० नम्बरको जिप र सोही दिशातर्फ जाँदै गरेको प्रदेश ०२–०३–०० १ ज ०२२९ नम्बरको म्याजिक भ्यानलाई ठक्कर दिएको हो ।

ठक्कर खाएपछि अनियन्त्रित बनेको नेपाली सेनाको जिपले पार्किङ गरी राखेको बा ९४ प ७६७२ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा माक्रोमा सवार १ जनाको टाउको खुट्टामा चोट लागेको छ भने केही सामान्य घाइते भएका छन् । दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.