रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपको काठमाडौंमा प्रदर्शन

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपको काठमाडौंमा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाले आज माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा रास्वपाका नेता कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिन र राजनीतिक प्रतिशोध नसाँध्न मागसहित नाराबाजी समेत गरेका छन् । रास्वपा सभापति लामिछानेमाथि सहकारी ठगी र सम्पती शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.