इन्जिनियरिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत पास

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इन्जिनियरिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत पास

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले लिएको इन्जिनियरिङ लाइसेन्स परीक्षामा ५५ प्रतिशत परीक्षार्थी पास भएका छन् ।

कार्तिक २ देखि ७ गतेसम्म सञ्चालन भएको इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागी ४ हजार ६ सय ६८ मध्ये २ हजार ६ सय ६८ अर्थात ५५ प्रतिशत पास भएको परिषद्का अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो ।

परीक्षामा ४५ प्रतिशत अर्थात १८ सय परीक्षार्थी फेल भएका छन् । अघिल्लो लाइसेन्स परीक्षामा भन्दा यसपालि अलि बढी परीक्षार्थी पास भएको परिषद्ले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.