Kantipur Samachar | कान्तिपुर समाचार, ०७ कार्तिक २०८१

कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०७ कार्तिक २०८१

आजका मुख्य समाचार,

* सरकारले सय दिनमा ७० प्रतिशत प्रतिबद्धता पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी / अर्थतन्त्रमा सुधार आएको जिकिर / विज्ञ भन्छन् – जनताले महसुस गर्न पाएनन् ।

* मितेरी सहकारीको रकम अपचलनमा कांग्रेस उपसभापति गुरुङको संलग्नता खोज्दै सीआईबी /विवादित व्यवसायीसँग ऋण लिएको सार्वजनिक हुँदा समेत कांग्रेसको अस्वाभाविक मौनता ।

* दल र नेताहरुको अपारदर्शी र विवादास्पद आर्थिक कारोबारले मुलुकको सुशासनमै प्रश्न / नेताहरुले नैतिकता भुलेको टिप्पणी / दानसम्बन्धी नयाँ कानुन आवश्यक ।

* विवादास्पद अन्तर्वातापछि बंगलादेशका राष्ट्रपति शहाबुद्दीनलाई पद छाड्न अल्टिमेटम / राजीनामा माग गर्दै प्रदर्शन चर्किएपछि राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा ।

* बंगलादेश समूह विजेता बन्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा / समूह चरणको अन्तिम खेलमा भारत ३ – १ गोलले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.