विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के छ ? (पूर्णपाठसहित)

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उक्त ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको हो ।

प्रधानमन्त्री ओलीसमक्ष बुझाइएको ज्ञापन पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गर्नु भएको छ ।

विपक्षी दलहरूद्वारा बुझाइएको ज्ञापनमा नेकपा (एमाले) र नेपाली कांग्रेसले मिति २०८१ असार १७ गते मध्य राति ७ बुँदे सम्झौता गरी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन गरेको वर्तमान सरकारले राष्ट्रिय हित रक्षा, भ्रष्टाचार नियन्त्रण, सुशासन र विकास निर्माणको अभियानलाई तीव्रता दिने विषय सार्वजनिक गरेको भएपनि सरकार आफ्नो प्रतिबद्धता अनुसार नचलेको उल्लेख छ ।

ज्ञापन पत्रमा मार्फत विपक्षी दलहरूले भनेका छन्- ‘सुरुवाती दिनमा ती विषयमा ठूलो आवाज गरेको वर्तमान सरकारले गठनको झन्डै एक सय दिन पुग्न लाग्दा पनि प्रतिबद्धता अनुसार काम नगरेको मात्र हैन सरकारको भनाइ र गराइमा कुनै तादात्म्य देखिन छोडेको छ ।’

साथै सरकारले लोकतन्त्रलाई दुई ठूला दलतन्त्रमा परिणत गर्ने र अन्य दलहरूलाई विभिन्न ढंगले कमजोर पार्ने कार्य गर्दै राजनीतिक सहिष्णुता प्रतिकूल व्यवहार प्रदर्शन गरेको विपक्षी दलहरूले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा के छ ? यहाँ हेर्नुहोस् :-


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.