रवि लामिछाने प्रकाउ परेपछि रास्वपाको प्रतिक्रिया- ‘न्यायिक प्रक्रियालाई सघाउँछौँ’

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने प्रकाउ परेपछि रास्वपाको प्रतिक्रिया- ‘न्यायिक प्रक्रियालाई सघाउँछौँ’

काठमाडौं । सभापति रवि लामिछानेलाई पक्राउ गरेको घटनालाई ‘नयाँ पुस्ताको राजनीतिक अभ्यास’ लाई सिध्याउनका लागि चालिएको परिपञ्चका रुपमा लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिक्रिया दिएको छ ।

पार्टी सभापति पक्राउ परेपछि प्रतिक्रिया दिँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति पक्राउ परेको घटनालाई जोडेर जनतालाई अप्ठ्यारो पर्ने तथा अर्थतन्त्रलाई हानी नोक्सानी पुग्ने खालका कुनै गतिविधि नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘प्रहरी, अदालत र कानुनप्रति हाम्रो कुनै द्वेष छैन, सहज रुपमा प्रक्रिया स्वीकार गरेका छौँ, न्यायिक प्रक्रियालाई सघाउँछौँ, यस घटनालाई भद्ररुपमा राजनीतिक परितर्वनको लडाइँ सुरुआतका रुपमा लिएका छौँ ।’

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो । 

सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा प्रहरीले लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.