लोभलाग्दो आत्मबल भएका रामबाबु ठाकुर !

कार्तिक १, २०८१ |राजेश्वर पाण्डे
लोभलाग्दो आत्मबल भएका रामबाबु ठाकुर !

रौतहट । भनिन्छ- आत्मबल र कामको सिप भए जीवन निर्वाह गर्न सजिलो हुन्छ । यसको उदाहरण बन्नुभएको छ- रौतहट गरुडा नगरपालिकाका रामबाबु ठाकुर ।

२५ वर्षीय ठाकुरलाई जन्मेको चार महिनापछि पोलियो लाग्यो । आर्थिक अवस्था कमजोर भए पनि सकेसम्मको उपचार पनि गरियो तर सञ्चो भएन । बाल्यकालमै दुवै खुट्टा गुमाएका ठाकुरको आत्मबल भने सबैका लागि प्रेरणादायक छ । आफूसँग भएको सिपका कारण उहाँले दश जनाको परिवारको भरणपोषण हुँदै आएको छ ।

ठाकुरसँग खेतीपातीमा प्रयोग हुने औजार बनाउने गज्जबको सिप छ । हातकै बलमा उहाँ सबै काम गर्नुहुन्छ । दुई छोरासँगै दश जनाको परिवार रहेको ठाकुरको श्रीमतीको पनि पोलियो रोगका कारण शरीरको देब्रे भागले काम गर्दैन ।

उमेर बढ्दै जाँदा ठाकुरको आत्मबल पनि मजबुत हुँदै गएको छ । हासिलो अनुहार र राम्रो व्यवहारका कारण पनि समाजमा उनको छुट्टै पहिचान छ । आफूसँग सिप छ भने अपांगताले आयआर्जन गर्नमा रोक्न सक्दैन भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।