मनसुन सकिएसँगै बढ्न थाल्यो वायु प्रदूषण

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
मनसुन सकिएसँगै बढ्न थाल्यो वायु प्रदूषण

काठमाडौं । मनसुन सकिएसँगै नेपालमा वायु प्रदुषण बढ्न थालेको छ । मनसुनमा वायुको गुणस्तर राम्रो हुने भए पनि मनसुन सकिएर चिसो मौसम सुरु भएसँगै वायुमण्डलमा प्रदूषण बढ्न थालेको हो । 

वातावरण विभागका अनुसार अहिले सहरी तथा तराइ क्षेत्रमा वायु प्रदूषण बढ्ने क्रम सुरु भएको छ । जति तापक्रम घटेर जाडो बढ्दै जान्छ त्यति नै प्रदूषण बढ्दै जाने विभागको भनाइ छ ।

दाउरा, कोइला, ब्रिकेट, प्लास्टिकलगायत बाल्दा प्रदुषण बढ्ने भएकाले यस्ता क्रियाकलाप नगर्न विभागले अनुरोध गरेको छ । 

यसबाहेक मर्मतसम्भार नभएका सवारीसाधनबाट पनि प्रदूषण बढ्ने गरेको छ । सुख्खा मौसमका बेला डढेलोका कारण पनि प्रदुषण बढ्ने गरेकाले सचेत रहन वातावरण विभागले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.