बार अध्यक्षलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
बार अध्यक्षलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलनामा प्रतिवदेन दिनुभएको थियो । उक्त निवेदनका आधारमा बारका अध्यक्षविरुद्ध अपहेलनाको मुद्दा अगाडि बढेको थियो ।

सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र कुमार चुँडालको इजलासले आज बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

अदालतको आदेशमा निवेदकको मागबमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.