नख्खु खोलाले किन मच्चायो यति ठूलो विध्वंश ? [स्थलगत रिपोर्ट]

आश्विन ३०, २०८१ |विकास आचार्य
नख्खु खोलाले किन मच्चायो यति ठूलो विध्वंश ? [स्थलगत रिपोर्ट]

ललितपुर । असोज १० देखि १२ गतेसम्म परेको पानीले देशका धेरै जिल्ला बाढी, पहिरो र डुबानको चपेटामा परे । काठमाडौं उपत्यकामा सबैभन्दा बढी क्षति ललितपुर जिल्लामा भयो ।

ललितपुरको कोञ्जोस्योङ, गोदावरीलगायतका स्थानीय तहमा पहिरोले विपत्ति निम्त्यायो भने ललितपुर महानगरपालिकामा बाढीले धेरै नागरिकको उठिवास नै लगायो । नख्खु खोलामा २०४८ सालपछि पहिलोपटक ठूलो बाढी आउँदा मानवीयसहित अर्बौंको भौतिक क्षति भयो । आखिर नख्खु खोलाले किन यति ठूलो विध्वंश मच्चायो ?

टीका भैरव हुँदै लेलेको खोंच पार गरेपछि ठेंचोसम्मै नख्खु खोलामा करिडोर निर्माण गरिएको छ । करिडोर दाँया बाँयाको जमिन खेतमा परिणत गरियो । कतै-कतै स्थानीयले आफूखुसी खोलामा पर्खाल लगाएका छन् ।

ललितपुर महानगरपालिकामा खोला प्रवेश गरेपछि त करिडोर मात्र निर्माण गरिएन कि अग्ला पर्खाल लगाएर नख्खु खोलालाई साँघुरो बनाउँदै बस्ती नै बसालियो । खोलाको मापदण्डबारे सामान्य हेक्कासमेत राखिएन ।

विस्तृत रिपोर्ट भिडियोमा :


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।