लेबनानको बेरुतस्थित सरकारी अस्पताल नजिकै इजरायलको हवाइ आक्रमण, चार जनाको मृत्यु

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानको बेरुतस्थित सरकारी अस्पताल नजिकै इजरायलको हवाइ आक्रमण, चार जनाको मृत्यु

काठमाडौं । इजरायलले, दक्षिणी बेरुतको एक सरकारी अस्पताल नजिकै गरेको हवाइ आक्रमणमा एक बालक सहित चार जना मारिएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राफिक हरारी युनिभर्सिटी अस्पतालको कार पार्किङ क्षेत्रमा भएको उक्त आक्रमणमा अन्य २४ जना घाइते भएको अस्पताल स्रोतलाइ उल्लेख गर्दै रोयटर्सले जनाएकोछ । सोमबार सांझ मात्रै इजरायलले दक्षिणी बेरुतमा १३ वटा हवाई आक्रमण गरेको थियो । इजरायली सेनाले हिजबुल्लाह संग जोडिएको क्षेत्रमा आक्रमण गरेको उल्लेख गरेको छ ।

आक्रमणअघि इजरायल सरकारका एक जना प्रवक्ताले दक्षिणी बेरुतका थुप्रै स्थानका वासिन्दालाई अन्यत्र जान चेतावनी दिएका थिए । तर इजरायलले चेतावनी दिएको क्षेत्रमध्ये राफिक अस्पताल भने समावेश थिएन् ।

यसैबीच अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन गाजा युद्धविरामको पहल गर्न मध्यपुर्वको भ्रमणमा निस्किनु भएको छ । यसकालागि उहाँले इजरायल र उसका छिमेकी अरब देशका नेताहरुसंग छलफल गर्नु हुनेछ । 

ब्लिङ्केनले लेबनानमा भइरहेको संघर्ष कम गर्ने विषयमा पनि छलफल गर्नुहुने अमेरिकी विदेशमन्त्रालयले जनाएकोछ । गत वर्षको अक्टोबर ७ देखि इजरायल हमास युद्ध शुरु भएयता मध्यपूर्वमा ब्लिङ्केनको यो एघारौं भ्रमण हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.