राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेलद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजा अर्चना गर्नुभएको छ ।

बडा दशैंको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजा अर्चना गर्नुभएको हो ।

बडा दशैंको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजा अर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.