नख्खु खोलाका बाढी पीडितलाई न राहत न पुनर्स्थापना

आश्विन २८, २०८१ |विकास आचार्य
नख्खु खोलाका बाढी पीडितलाई न राहत न पुनर्स्थापना

काठमाडौं । बाढीबाट विस्थापित भएको १५ दिन बितिसक्दा पनि ललितपुरको नख्खु खोलाका पीडितले राहत पाएका छैनन् । पुनर्स्थापना त झन् परको कुरा । आफन्त र छिमेककोमा बस्दै आएका पीडितहरु आफू विगतमा बस्दै आएको ठाउँमा जाने व्यवस्था गरिदिन जोडबल गरिरहेका छन् । सरकारले पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कार्यक्रम अघि सारेको छैन । खुला आकाश मुनी दशैंको टीका लगाएका पीडितहरु तिहार पनि खल्लो हुने हो कि भन्ने चिन्तामा छन् ।

हेर्नुहोस विकास आचार्यले स्थलगत रुपमा तयार पारेको यो रिपोर्ट :


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।