पिङ लगाउन कति चाहिन्छ मिहिनेत ?

आश्विन २६, २०८१ |आनन्द गौतम
पिङ लगाउन कति चाहिन्छ मिहिनेत ?

ताप्लेजुङ । दशैंसँग पिङ जोडिन्छ । रोटे पिङ लगाउने प्रचलन त प्राय हरायो नै, लिङ्गे पिङभने गाउँ सहरमा मच्चिरहेका छन् । झट्ट हेर्दा बाँस, लट्ठा भए पुग्छ कि जस्तो देखिन्छ । खेल्दा पनि मज्जा आउने लिङ्गे पिङ लगाउन चाहिँ कत्तिको मिहिनेत गर्नुपर्छ त ?

फुङलिङ नगरपालिका ६ उकालीपानीका देवराज गुरुङले पिङ थाप्ने मनस्थिति बनाएपछि बाबियो पाइने वडा नम्बर ८ का मदन पौडेल र मनिस अधिकारीलाई लट्ठाका लागि सम्पर्क गर्नुभयो । मदनले छरछिमेकिले काटेर राखेको बाबियो जुटाइदिएपछि छिमेकी अग्नि प्रसाद भण्डारीले दुई रातमा तीन पोयाको लामो लट्ठा तयार पारिदिनु भयो । गोमा भण्डारी, मनिस लगायतले बाबियो सपक्क मिलाएर दिन सहयोग पुर्‍याएपछि लट्ठा तयार भयो ।

बाँस ल्याउने, खाल्टा खन्ने स्थानीयले गरे । जोड्नका लागि सन्तुलन मिलाउनु पर्ने भएकाले प्राविधिक ज्ञान भएका गणेश भट्टराई र टामन अधिकारीको सहयोग लिनु पर्‍यो । छ लिङ्गे पिङका लागि १२ घना बाँस तयार पारेका देवराज सहितको प्राविधिक टोली पहिलो चरणमा असफल भए । नुहाउने क्रममा बाँस पड्केर एकपछि अर्को फटाफट फुटे । फेरी ठूलाखोले भालुबाँस ल्याए र जोडे ।

जुवा, काम्रो लगायतका यसमा चाहिने स­साना बस्तुका लागि गाउँले सक्रिय हुँदा ५/७ हजारको लागतमा तयार हुने बुझाई पिङ लगाउनेको छ । यसरी तयार भएको पिङमा पूजा गर्न फूलपाती चढाउन बुढापाका सक्रिय बने । 


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।