मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

कार्तिक १४, २०८२ |भीमलाल श्रेष्ठ
मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिइन्

गाेरखा । मनास्लु पदमार्गअन्तर्गत गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ न्याकफेदीमा शुक्रबार दिउँसो झरेको पहिरोमा चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा पुरिएकी छन ।

सामागाउँबाट जगततर्फ फर्कने क्रममा बाटो हिँडिरहेको बेला माथिबाट आएको लेदोसहितको पहिरोमा पुरिएको गाइड रेशम भट्टलाई उदृत गर्दै प्रहरीले जनाएको छ । पदयात्राका लागि श्रीमान श्रीमती आएकोमा उनका श्रीमान भने सकुशल छन् । पहिरो पुरिँदा पर्यटकको ठूलै संख्या भए पनि डरले कोही पनि उद्धार जान नसकेको गाइड भट्टले प्रहरी बताएको छ । उक्त स्थानमा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन ।

त्यस्तै बिहीाबर मनास्लु पदमार्गमै चुमनुब्री गाउपालिका वडा नं ५ माथिबाट खसेको ढुङ्गाले लागेर गम्भीर घाइते हुनुभएका काठमाण्डौ टोखा नगरपालिका-६  बस्ने वर्ष ४४ मिनु ईन्द्र लम्सालको मौसम खराबीको कारण हेलिकप्टर उडान हुन नसक्दा दुईदिन देखि उद्धार हुन सकेको छैन ।


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।