उत्तरी धादिङ्गको प्रसीद्ध गंङ्गाजमुना झरनामा एकादशी मेला सुरु

कार्तिक १४, २०८२ |पोषनाथ अधिकारी
उत्तरी धादिङ्गको प्रसीद्ध गंङ्गाजमुना झरनामा एकादशी मेला सुरु

धादिङ । तेह्र सय वर्ष अघि देखि हरेक वर्ष हरिबोधनी एकादशीको अघिल्लो दिन देखि लाग्ने उत्तरी धादिङ्गको प्रसीद्ध गंङ्गाजमुना झरनामा हुने मेला सुरु भएको छ ।

तेह्र सय वर्ष अगाडि गङ्गा र जमुना नाम गरेका दुई छोरी बेपत्ता भएको र परिवारले खोज्दै जाँदा गुफाभित्र सुरक्षीत भेटिएपछि उनिहरुको सम्झनामा हरेक वर्ष मेला लाग्ने गरेको किम्वदन्ति छ ।

एकादशीको अघिल्लो दिन देखि पुजा आरधना गरी रातभर जाग्राम बसेर एकादशीको दिन बिहान गङ्गाजमुनाको झरनामा स्नान गरी झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा गरी डोली तार्ने, बत्ती सेलाउने गरेपछि यो मेला सकिने गर्दछ ।

गङ्गा र जमुना नामले प्रसिद्ध झरनाको तीन सय मिटर माथिबाट झर्ने झरनामा नुहाए मनले चिताएको पूरा हुने र झरनाको फेदमा रहेको २ वटा कुकुर धारोमा नुहाए रेवीज लगायतको रोग नलाग्ने विश्वास छ ।

यो वर्ष मेला भर्न धादीङ , गोरखा नुवाकोट लगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आईरहेका छन् ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।