
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले एएफसी एसियन कप छनोट २०२७ को बाँकी खेलका लागी हरि खड्कालाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
शुक्रबार एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित मुख्यालयमा खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् । निवर्तमान मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिउको समाचार सार्वजनीक भएको एक दिनपछि खड्कालाई राष्ट्रिय टिमको जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय महिला फुटबल टीमका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल एन्फामा 'टेकनिकल डाइरेक्टर'का रुपमा कार्यररत छन् । पूर्व स्ट्राक्ष्कर खड्काको प्रशिक्षणमा नेपालले नोभेम्बर १८ मा मलेसियासँग प्रतिस्पर्धा गर्ने छ । एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको नेपालले छनोट प्रतियोगितामा दुई खेल खेल्न बाँकी छ । नेपालले आगामी मार्च ३१ मा लाओससाग खेल्ने तालिका छ ।