
प्यूठान । केही वर्षअघिसम्म पनि पहाडी जिल्लाबाट दिनभरको यात्रापछि तराईका सहरी क्षेत्रमा पुग्ने अवस्था थियो ।
ठूला सवारीसाधनले यात्रु बटुल्दै र झार्दै यात्रा गर्नुपर्दा दिनभर लाग्ने बाध्यता थियो । तर हाल आएर बाटोघाटोको गुणस्तर सुधारसँगै प्यूठानलगायतका पहाडी जिल्लामा समेत विद्युतीय गाडी चल्न थालेपछि यात्रा सहज भएको छ । कुनै समय एक दिनभर लगाएर यात्रुहरू प्यूठानदेखि बुटवल, नेपालगञ्जलगायतका सहरमा पुग्नुपथ्र्याे ।
लामा र ठूला सवारीसाधनमा यात्रु नभरिँदासम्म कुनुपर्ने, बाटैभरी यात्रु चढाउने र ओराल्ने गर्नाले दिनभरको यात्रा गर्नुपर्ने बाध्यता थियो । तर पछिल्लो समय प्यूठानका मुख्य व्यापारिक केन्द्रहरूबाट विद्युतीय गाडी गुड्न थालेसँगै यात्रा सहज भएको छ । विद्युतीय सवारीको चाप बढेसँगै गाडी कुर्दै घण्टौं बस्नुपर्ने बाध्यता हटेको छ भने दिनभरको यात्रा केही घण्टामै छोटिएको छ ।
प्यूठानको बाग्दुला, बिजुवार, जुमृी, भिगृलगायतका सहरी क्षेत्रबाट बुटवल, नेपालगञ्ज, दांङ, चितवनलगायतका सहरी क्षेत्रमा विद्युतीय गाडीले सेवा दिइरहेका छन् । धार्मिक तीर्थस्थल स्वर्गद्वारीबाट दैनिक काठमाडौंका लागि विद्युतीय एसी हाइस सेवासमेत सञ्चालनमा छ ।
जिल्लामा हाल स्वर्गद्वारी गौमुखी यातायात सेवा र नमस्ते प्यूठान यातायात प्रालिमार्फत १०० सय बढी विद्युितीय सवारी सञ्चालनमा छन् । विद्युतीय गाडीको चाप बढेसँगै जिल्लाका ठाउँ-ठाउँमा चार्जिंङ स्टेसन पनि धमाधम खुल्न थालेका छन् । जिल्लामा हाल ५ स्थानमा विद्युतीय गाडी चार्जिङ स्टेशन छन् । त्यसबाहेक केही सवारीसाधन घरमै पनि चार्ज गर्ने गरिएको छ ।
डिजल, पेट्रोलको तुलनामा खर्च कम लाग्ने हुँदा सवारीधनीको रोजाइँमा विद्युतीय सवारीसाधन पर्न थालेका हुन् ।