बीपी राजमार्गमा सुख्खा पहिरोले बस र सुमो पुरिए, डाइभर्सन फेरि बन्द

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपी राजमार्गमा सुख्खा पहिरोले बस र सुमो पुरिए, डाइभर्सन फेरि बन्द

काठमाडौं । बीपी राजमार्गमा सुख्खा पहिरोले बस र सुमो पुरिएका छन् । अस्थायी डाइभर्सन पनि फेरि बन्द भएको छ ।

बीपी राजमार्गको रोशी गाउँपालिका- ११ बुलढुङ्गामा सुख्खा पहिरो गएको हो । पहिरोले सुमो र बसमा क्षति पुगेको छ । 

पहिरो पन्छाउन गएको जेसीबी पनि पल्टिएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मानवीय क्षति भएको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement