फिफा विश्वकप छनोटमा ब्राजिलको पुनरागमन जित

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
फिफा विश्वकप छनोटमा ब्राजिलको पुनरागमन जित

काठमाडौं । फिफा विश्वकप छनोट २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले पुनरागमन जित हात पारेको छ ।

ब्राजिलले घरेलु टोली चिलीविरुद्ध २-१ को रोमाञ्चक पुनरागमन जित हासिल गरेको हो । नेसनल जुलियो मार्टिनेज प्रडानोस रंगशालामा वैकल्पिक खेलाडी लुइस हेनरिकले खेलको अन्त्यतिर गोल गरेपछि ब्राजिल ३ अंक जोड्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमै इडआर्डो भेर्गसको गोलमार्फत् चिलीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा इगोर जियुसले ब्राजिललाई बराबरीमा फर्काए । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा हेनरिकले गोल गरेपछि ब्राजिलले विजयी भयो ।

यो जितले दबाबमा रहेको डोरिभाल जुनियरको टोली ब्राजिलले दक्षिण अमेरिकी छनोटअन्तर्गत राउण्ड रोबिन लिगको नवौं चरणको खेल खेल्दा चौथो स्थानमा उक्लिएको छ । दक्षिण अमेरिकी छनोटमा सबैभन्दा खराब प्रदर्शन गर्ने टोलीमध्ये एक चिली ९ खेलमा ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । दक्षिण अमेरिकी छनोटको नवौं चरणमा अव पेरु र उरुग्वेले प्रतिस्पर्धा गर्न बाँकी छ । यी दुई टोलीबीचको खेल भोलि बिहान हुने छ ।

१० औं चरणमा ब्राजिलले पेरु र चिलीले कोलम्बियासँग खेल्ने तालिका छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement