लेबनानमा पछिल्लो इजरायली हमलामा २२ जनाको मृत्यु

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानमा पछिल्लो इजरायली हमलामा २२ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले लेबनानको बेरुतनजिकै सिया बाहुल क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा १ सय १७ जना घाइते भएका छन् ।

इजरायली सेनाले गएरातिदेखि सुरु गरेको आक्रमण अहिले पनि जारी छ । घातक आक्रमणमा हिजबुल्लाहका सुरक्षा अधिकारी तथा हसन नसरल्लाहका निकट मानिने वाफिक साफा मारिएको दाबी इजरायली सेनाले गरेको छ । तर, लेबनानले साफाको मृत्यु नभएको जनाएको छ । हिजबुल्लाहले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

यसैबीच, हिजबुल्लाहले १ सय ९० भन्दा धेरै रकेट इजरायलतर्फ प्रहार गरेको छ । इजरायली सेनाले विगतमा आक्रमण गर्दा सूचना दिने गरे पनि यस पटकको आक्रमणमा कुनै पूर्व जानकारी नदिएको बताइएको छ । 

त्यस्तै, इजरायल डिफेन्स फोर्सले इजरायली नियन्त्रण रहेको वेस्ट बैंकमा आक्रमण गर्दा प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादका प्रमुख मुहम्मद अबदुल्लाह मारिएको दाबी गरेको छ ।

यसैबीच, यमनस्थित हुथी विद्रोहीले हिन्द महासागरमा दुई अमेरिकी जहाजलक्षित आक्रमण गरेको बीबीसीले जनाएको छ । उनीहरुले गाजामाथि इजरायलको सैन्य आक्रमणविरुद्ध गाजाको पक्षमा आक्रमण गरेको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement