दुई सातादेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि खुलाइयो

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
दुई सातादेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि खुलाइयो

सिन्धुली । संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग दुई सातापछि आजबाट सञ्चालनमा आएको छ । बाढी र पहिरोका कारण असोज ११ गतेदेखि अवरुद्ध भएको राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।

राजमार्गका विभिन्न खण्ड बाढी र पहिरोले बगाएकोमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको हो । कतै खोलो तर्काएर त कतै एकतर्फी रुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रूपमा सडक सञ्चालनमा ल्याइएको भौतिक तथा पूर्वाधार मन्त्रालयले जनाएको छ । नेपाली सेना सहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले दिनरात खटिएर काम गरेपछि यो राजमार्ग खुलाउन सफल भएका हुन् ।

यो राजमार्गको काभ्रे भन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको थियो। रोशी मंगलटारको बोक्सी कुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सवारी आवागमन हुने गरी सञ्चालनमा आएको जनाइएको छ । 

राजमार्गको सडक पुल र कल्भर्टहरू बगेको स्थानमा अस्थायी संरचना निर्माण गरिएको छ । यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी गुड्ने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement