बाढी-पहिरोले दुई सातादेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाढी-पहिरोले दुई सातादेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा

सिन्धुली । बीपी राजमार्ग आजदेखि सञ्चालनमा आउने भएको छ । बाढी र पहिरोका कारण असोज ११ गतेदेखि अवरुद्ध भएको राजमार्ग आजदेखि सञ्चालनमा आउन लागेको हो ।

राजमार्गका विभिन्न खण्ड बाढी र पहिरोले बगाएकोमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याउन लागिएको हो । कतै खोलो तर्काएर त कतै एकतर्फीरुपमा सवारी चलाउन मिल्ने गरी अस्थायी रुपमा सडक सञ्चालनमा ल्याउन लागिएको भौतिक तथा पूर्वाधार मन्त्रालयले जनाएको छ ।

यो राजमार्गको काभ्रेभन्ज्याङ-नेपालथोक खन्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाउँदा यातायात ठप्प बनेको छ । अहिले दाउन्ने-मंगलटार खण्डको काम भइरहेको छ । जुन खण्डमा ५० मिटर सडक बगेको छ । यातायात पुन: सञ्चालन गर्न खोलाका कारण अप्ठ्यारो परेको थियो ।

यो सडक भएर चाडबाडमा दैनिक १० हजार सवारी गुड्ने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement