दैलेखको गुराँसेमा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

आश्विन २५, २०८१ |चक्र भण्डारी
दैलेखको गुराँसेमा मिनीबस दुर्घटना हुँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

दैलेख । दैलेखको गुराँसेमा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ स्थित डबलगैरामा मिनीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने दुईजना गम्भीर घाइते भएका हुन् । दैलेखको दुल्लु नगरपालिकबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२००१ख०८२५ नम्बरको मिनीबस गुराँसेमा दुर्घटना भएको हो ।

सुर्खेतबाट यात्रु दुल्लु पुर्‍याएर पुन: यात्रु लैजान सुर्खेत जाँदै गर्दा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका- १३ का महेन्द्र शाही रहेका छन् भने घाइते हुनेमा सोही वडाका विनोदबहादुर शाही र सविन शाही रहेका छन् । मिनीबस मुख्य सडकबाट दुई सय मिटिर तल खसेको छ । मिनीबस पूर्ण रुपमा क्षति भएको छ ।

घाइतेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि दुई जनालाई सुर्खेत प्रदेश अस्पताल पठाएको छ । दुर्घटना के कारण भएको भन्ने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अनुसान्धान भइरहेको छ ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement